
काठमाडाैँ- ललितपुर जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ।
ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ। सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिए। गोदावरी नगरपालिकामा गए राति १ बजेदेखि मतगणना सुरु भएको थियो।
जिल्लाका दक्षिणी भेगमा पर्ने बागमती, कोञ्जेसोम र महाङ्काल गाउँपालिकामा गए राति अबेरदेखि नै मतगणना सुरु भएको बताइएको छ। महालक्ष्मी नगरपालिकामा आज ११ बजेदेखि मात्रै गणना सुरु हुने भएको छ। राति बसेको सर्वदलीय बैठकले सो निर्णय गरेको थियो।