
काठमाडाैँ- काठमाडौँ महानगरपालिकामा मतगणना सुरु भएकाे छ। आज बिहान ८ बजेदेखि सुरु हुने भनिएकाे मतगणना ढिलागरी सुरु भएकाे हाे।
महानगरपालिकाकाे वडा नम्बर १ र ३२ बाट मतगणना सुरु हुने जनाइएकाे छ। मतगणना राष्ट्रिय सभागृहमा भइरहेकाे हाे।
स्वतन्त्र उम्मेदवारको तर्फबाट एक उम्मेदवार एक प्रतिनिधि राख्ने सहमति जुटेको छ। सहमति जुटेसँगै मतगणना सुरु गरेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ।
तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको छ।