
काठमाडाैँ- काठमाडाैँ महानगरपालिकाकाे प्रमुखमा बालेनले अग्रता लिएका छन्।
७५ मत गन्दा बालेनले २२ मत ल्याएका हुन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ मत ल्याएकी छन्।
नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गर्दा राप्रपाका उम्मेदवार मदन दास श्रेष्ठले ३ प्राप्त गरेका छन्।
राष्ट्रियसभा गृहमा मतदान जारी छ।
वडा नम्बर १ र ३२ को मतगणना सुरु गरिएको छ।