
भक्तपुर – राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भक्तपुरमा खाता खोलेको छ।
चाँगुनारायण नगरपालिका-६ नगरकोटमा राप्रपाले वडाध्यक्षमा जितेको छ।
सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन्।
यो वडामा अन्य सबै सदस्य पनि राप्रपाले जितेको छ। सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामालगायतका छन्।
लामाले एक हजार ४२१ मत ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याए।
सो वडामा २०७४ को निर्वाचनमा राप्रपाबाट लामा नै उम्मेदवार थिए। तर, उनलालई एमालेका सन्तबहादुर वाइवाले हराएका थिए।
सो वडामा नेपाली कांग्रेसले पनि राप्रपालाई सहयोग गरेको थियो। जिल्लामा भक्तपुर, मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिका छन्।
भक्तपुर र सूर्यविनायकमा १०/१० र मध्यपुर थिमि र चाँंगुनारायणमा नौ/नौ गरी यहांँ कुल ३८ वटा वडाहरू छन्।
०७४ सालको निर्वाचनमा राप्रपाले एउटा पनि वडामा जित्न सकेको थिएन।