
काठमाडाैँ- ललितपुर महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार पराजित भएका छन्।
१० औँ पटक वडाध्यक्ष निर्वाचित भइसकेका व्यञ्जनकार नेपाली कांग्रेसका रवीन व्यञ्जनकारसँग २८२ मतले पराजित भएका हुन्।
नरसिंहले ५४३ मत ल्याए। रवीनले ८२५ मत ल्याई वडाध्यक्षमा विजयी भए।
पराजित भएसँगै नरसिंहकाे ११ औँ पटक अध्यक्ष बन्ने सपना अधुरै रहेकाे छ। यसभन्दा अगाडि उनी स्वतन्त्रैबाट १० औँ पटक वडा अध्यक्ष भइसकेका छन् ।