
काठमाडाैँ- गोदावरी नगरपालिकामा गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र महर्जन र कांग्रेसबाटै उपमेयरकी उम्मेदवार मुना अधिकारी विजयी भएकी छन्।
नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार कांग्रेसका मेयरका उम्मेदवार महर्जनले १९ हजार एक सय ७० मत पाएका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार गम्भीर महर्जनले १५ हजार २ सय ३२ मत पाए।
कांग्रेसकी उपमेयरकी उम्मेदवार मुना अधिकारीले १८ हजार पाँच सय ३६ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी रमी प्रधानाङ्गले १४ हजार ४ सय ५ मत पाएकी छन्।
गोदावरी नगरपालिकामा कांग्रेसले मेयर उपमेयर पदसँगै १४ वडामध्ये ११ वडामा विजय हासिल गरेको छ।