प्रहरी भन्छ- ‘ब्युटी प्याजेन्टमा भएको भनिएको यौन दुर्व्यवहारबारे अनुसन्धान हुन्छ’

प्रहरी भन्छ- ‘ब्युटी प्याजेन्टमा भएको भनिएको यौन दुर्व्यवहारबारे अनुसन्धान हुन्छ’
+
-

काठमाडौँ- एक ब्यूटी प्याजेन्टका क्रममा आफूमाथि यौन दुर्व्यवहार भएको दाबीसहित सामाजिक सञ्जालमा एक युवतीले भोडियो पोस्ट गरेसँगै उक्त भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उनले आफूमाथि ब्युटी प्याजेन्टका क्रममा होटलमा बलात्कार भएको भिडियोमार्फत दाबी गरेकी छन्।

उनले सामाजिक सञ्जालमा पोस्ट गरेको उक्त भिडियोमा शोषण गर्नेमा एक जना फोटोपत्रकार र कन्सल्टेन्सी सञ्चालक रहेको दाबी गरेकी छन्।

सामाजिक सञ्जालमा उनको भिडियो सार्वजनिक भएसँगै विभिन्न तहका व्यक्तिहरुले अपराधीलाई कार्बाही गर्न माग गरिरहेका छन्।

यता नेपाल प्रहरीले भने बास्तविक घट्ना के हो भन्नेबारे बुझिरहेको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताएका छन्।

‘हामीले सामाजिक सञ्जाल मार्फत उक्त घट्ना थाहा पायौं। सुरुमा त घट्ना के हो भन्ने बारे हामीले बुझ्नु पर्‍यो। त्यसपछि अनुसन्धानको क्रम सुरु हुन्छ,’ उनले भने, ‘उहाँले कुनै लिखित उजुरी त दिनुभएको छैन तर पनि यो अलिक गम्भिर विषय देखियो त्यसैले घट्ना के हो बुझेर प्रहरीले अनुसन्धान गर्छ।’

युवतीले भिडियोमा आफूभन्दा अग्रज मानिएका र ब्युटी पेजेन्ट जितेकाहरुसँग सहयोग मागे पनि कसैले चासो नदिएको बताएकी छन्।

उक्त भिडियोमा युवतिले नाम लिएकी फोटोपत्रकारले भने उक्त घट्नामा आफ्नो नाम जोडिएकोप्रति फेसबुकमार्फत आपत्ति जनाइसकेका छन्।

उक्त घट्नामा आफ्नो संलग्नता नरहेको समेत ती फोटोपत्रकारले उल्लेख गरेका छन्।

यो पनि पढ्नुहोस्

यौन दुर्व्यवहारको घटनामा आफ्नो नाम जोडिएकोप्रति फोटो पत्रकार पौडेलको आपत्ति

यौन दुर्व्यवहारको घटनामा आफ्नो नाम जोडिएकोप्रति फोटो पत्रकार पौडेलको आपत्ति

ब्युटी प्याजेन्टका क्रममा आफूमाथि बलात्कार भएको दाबी, पोस्ट भएको भिडियोमा के छ?

ब्युटी प्याजेन्टका क्रममा आफूमाथि बलात्कार भएको दाबी, पोस्ट भएको भिडियोमा के छ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?