यौन दुर्व्यवहारको घटनामा नाम जोडिएपछि माल्भिकाले माफी माग्दै के भनिन्?

यौन दुर्व्यवहारको घटनामा नाम जोडिएपछि माल्भिकाले माफी माग्दै के भनिन्?
+
-

बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल भएको यौन दुर्व्यवहारको आरोप सम्बन्धी भिडियोमा मिस नेपाल सन् २००० कि बिजेता तथा सञ्चारकर्मी माल्भिका सुब्बाको पनि नाम जोडिएको छ।

नाम जोडिनेबित्तिकै उनले आरोप लगाउने युवतीसँग सम्पर्क गरी माफी मागेकी थिइन् तर कुरा त्यत्तिमै सकिएन। अहिले युवतीले उनले पठाएको व्यक्तिग सन्देश सार्वजनिक गरी त्यो बेला उनलाई परेको समस्या साझा गरेकी छन्।

आरोप लगाउने युवतीले आफूमाथि भएको यौन दुर्व्यवहारपछि सहयोग माग्न खोज्दा सुब्बाले उल्टै उनलाई ‘तिम्रै कारणले हो, तिमी नै जिम्मेवार छौँ’ भनेको उल्लेख गरेकी थिइन्।

बुधबार सार्वजनिक भएको उक्त भिडियोमा पीडित युवतिले माल्भिकालाई ‘आदर्श’ मान्ने गरेको भएर र पीडित युवती सहभागी भएको ब्युटी प्याजेन्टका माल्भिका जोडिएको भएर हिम्मत गरी सहयोग हुने आशमा आफ्नो समस्या साझा गरेको बताएकी थिइन्।

पीडित युवतीले माल्भिकाले उनको समस्यालाई रुखो र गैर जिम्मेवार उत्तर दिएपछि महिला सशक्तिकरणको बारेमा बोलेको, महिला अधिकार, भेदभाव विरुद्ध बोलेको भिडियो देख्दा मानसिक समस्या हुने र अहिले उनलाई परेको मानसिक समस्याको केही हदसम्मको कारण माल्भिका रहेको पनि उल्लेख गरेकी थिइन्।

पीडित युवतीले माल्भिकाप्रतिको अभिव्यक्तिपछि माल्भिकाले उनलाई व्यक्तिगत रुपमा म्यासेज पठाएर त्यतिबेलाको लागि क्षमा गरिदिन आग्रह गरेकी थिइन्। त्यसपछि पीडित युवतीले इन्स्टाग्राममा माल्भिकाको नाम नै उल्लेख गरेकी थिइन्।

माल्भिकाको नाम पीडित युवतीले सार्वजनिक गर्ने बित्तिकै माल्भिकालाई सामाजिक सञ्जालमा यो घटनाको बारेमा उल्लेख गर्न चौतर्फी दबाब दिइयो । सामाजिक सञ्जालमा भएका उनका सबै तस्बिरमा नकारात्मक कमेन्टको वर्षा नै लाग्यो।

उनलाई धेरैले घृणा गरेको सन्देश पठाए, कमेन्ट गरे।

त्यसपछि उनले त्यो समयको सबै कुरा समेटेर लामो माफीपत्र इन्स्टाग्राममा पोस्ट गरेकी छन्।

उनको ८ पेज लामो माफिनामामा पीडित युवतीले माल्भिकालाई फोन गरेको कुरा सत्य रहेको माल्भिकाले लेखेकी छन्। लेखको शुरुमा यौन दुर्व्यवहार पीडितको पीडालाई बेवास्ता गरेकोमा माफी माग्दै उनलाई सहयोग गर्न तयार भएको उल्लेख गरेकी छन्। उनले आफ्नो तर्फको कुरा राख्न पोस्ट साझा गरेको आफ्नो कारणले पीडितलाई परेको पीडाप्रति माफी चाहेको उल्लेख गरेकी छन्।

त्यो समयमा पीडित युवती र आरोप लगाइएका ब्युटी कन्सल्ट्यान्सी मालिकबीच ‘अफयेर’ को हल्ला सुनेकोको कारण युवतीले सहयोगको लागि फोन गर्दा बेवास्ता गरेको माल्भिकाले उल्लेख गरेकी छन्।

उनले ८ वर्ष अगाडिको यो घटनामा पीडितले सम्पर्क गर्दा आफू घरायसी व्यक्तिगत समस्यामा फसेको समय त्यसपछिको सयमय डिप्रेशनको यात्रामा रहँदा यो घटनालाई वास्ता गर्न नपाएको उल्लेख गरेकी छन्।

‘८ वर्षको अवधिमा मैले तपाईँलाई भेटेर, फोन गरेर तपाईको हालखबर बुझ्न सक्थे तर मेरो व्यक्तिगत यात्राको क्रममा मैले यो कुरामा ध्यान दिइन।’ उनले लेखेकी छन्, ‘मैले केही समय अगाडिसम्म पनि १६ वर्ष पुगेपछि वयस्क हुने र सहमतिमा यौन सम्बन्ध राख्दा गैन कानुनी नहुने भन्ने बुझेको थिएँ।’

 

View this post on Instagram

 

A post shared by Malvika Subba (@malvikasubbaofficial)

माल्भिकाले आफुले त्यो बेलामा गरेको व्यवहार क्षम्य नरहेको र अहिले उनीमाथि भइरहेको गाली र घृणाको वर्षा स्विकार्य भएको बताएकी छन्। माल्भिकाले पीडित युवतीलाई आफ्नो उपस्थितिमा (टेलिभिजन कार्यक्रममा महिला हक अधिकारको कुरा गर्दा, दुव्र्यवहारको विरुद्ध बोलेको देख्दा, अन्त कहिँ हक अधिकारको कुरा गर्दा) झन् पीडा हुन्छ र मानसिक समस्या हुन्छ भने आफू अहिले तत्काल ती माध्यममा देखिन रोकिने समेत बताएकी छन्।

यो पनि पढ्नुहोस्

ब्युटी प्याजेन्टका क्रममा आफूमाथि बलात्कार भएको दाबी, पोस्ट भएको भिडियोमा के छ?

ब्युटी प्याजेन्टका क्रममा आफूमाथि बलात्कार भएको दाबी, पोस्ट भएको भिडियोमा के छ?

यौन दुर्व्यवहारको घटनामा आफ्नो नाम जोडिएकोप्रति फोटो पत्रकार पौडेलको आपत्ति

यौन दुर्व्यवहारको घटनामा आफ्नो नाम जोडिएकोप्रति फोटो पत्रकार पौडेलको आपत्ति

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?