कागेश्वरी मनोहराकाे प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

कागेश्वरी मनोहराकाे प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले
+
-

काठमाडाैँ- कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी भएका छन्।

कार्कीले ११ हजार ३२२ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण ढुङ्गानाले आठ हजार २६३ मत ल्याएकाे निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन्।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख पदमा कृष्णहरि थापा निर्वाचित भएका थिए। एमाले फुटेपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका हुन्। यसपटक पनि समाजवादीका तर्फबाट नगर प्रमुख पदमा लडेका थापा तेस्रो भए।

यसैगरी, उपप्रमुखमा एमालेका शान्ता थापाले नौ हजार ९७५ मतका साथ विजय हासिल गरेका छन्। उनलाई पछ्याउँदै माओवादी केन्द्रका भोला चापागाईंले पाँच हजार ४२२ मत पाए।

नगरपालिकाको वडा नं १, ३, र ४ मा एमालेका वडाध्यक्ष विजयी भएका छन्। वडा नं ६ मा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जित्न सफल भएको नगर निर्वाचन कार्यालयले जनाएको छ। कांग्रेसले वडा नं २, ५, ७, ८ र ९ मा वडा अध्यक्ष जित्न सफल भएको छ।

नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन्। त्यसमध्ये २६ हजार ९२८ मत खसेको थियो। यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो। सो निर्वाचनमा एमाले छ वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो। कांग्रेसले तीनवटा वडामा मात्र जितेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?