
नेपालगन्ज – बाँकेकाे नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा)का माेहम्मद इस्तियाक अहमद शाह दाेहाेरिएका छन्।
शाहले नेपाली कांग्रेसका रामचन्द्र माैर्यलाई एक हजार तीन सय ५२ मत अन्तरले पराजित गरी विजयी भएका हुन्।
शाहले पाँच हजार ३७ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी माैर्यले तीन हजार ६ सय ८५ मत ल्याए।
उपमेयरमा पनि जयन्ती श्रीवास्तव दाेहाेरिएकी छन्। जयन्तीले कांग्रेसका अतिकुन निशालाई दुई सय सात मत अन्तरले पराजित गरिन्।
जयन्तीले तीन हजार आठ सय ७९ मत ल्याउदा कांग्रेसकी अतिकुनले तीन हजार ६ सय ७२ मत ल्याएकी छन्।
नरैनापुरमा यसअघि पनि इस्तियाकले रामचन्द्रलाई पराजित गरेका थिए।