
काठमाडौँ – मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरेका छन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत उपप्रमुखमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज चापागाँईले ११ हजार ३०० मत प्राप्त गरेका छन्।
सो गाउँपालिकाको दश वडामध्ये नेपाली कांग्रेसका ६ नेकपा एमालेले तीन र एक वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्।
मोरङको १७ वटै पालिकाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ।