काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा कांग्रेसका रिजाल विजयी

काठमाडौँ महानगरपालिका– १६ को अध्यक्षमा कांग्रेसका रिजाल विजयी
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका मुकुन्द रिजाल विजयी भएका छन्।

सत्ता गठबन्धनको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका कांग्रेसका रिजाल नेकपा एमालेका लक्ष्मी रत्न तुलाधरलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन्।

रिजालले ४ हजार १९ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलाधरले ३ हजार ३१० मत पाइन्।

रिजाल र तुलाधरबिचको मतान्तर ७०९ रहेको छ।

यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका लक्ष्मण गमालले १ हजार ५८९ मत पाउँदा राप्रपाका बिन्दिका गुरुङलाई ५५७ मत प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ।

वडा नम्बर १६ को अध्यक्षमा पुनः निर्वाचित भएका रिजाल काठमाडौँ क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापतिसमेत हुन्।

उनले विजयी भएसँगै अघिल्लो ५ वर्षे कार्यकालमा सम्पन्न गर्न नसकेका कामलाई निरन्तरता दिँदै अन्य केही नयाँ काम पनि गर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?