दाङमा मूल्यवृद्धिको विरोधमा अनशनबसे स्वतन्त्र युवा

दाङमा मूल्यवृद्धिको विरोधमा अनशनबसे स्वतन्त्र युवा
+
-

दाङ–लमही बसपार्क नजिक, मुल सडक छेउमा एउटा टेन्ट टाँगिएको छ । त्यो टेन्टमुनी दुई जना युवा अनशनमा बसेका छन । खालि सिलिन्डरको आडैमा बसेका युवाको छातिमा मुल्य वृद्धि फिर्ता गर्नबारे माग राखिएको प्ले कार्ड टाँसिएको छ ।

सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरेको मूल्य वृद्धीको विरोधमा स्वतन्त्र युवाहरुले विरोध स्वरुप अनशन बसेका छन । लमही नगरपालिका–५ निवासी डिल्लीराज खनाल र लमही नगरपालिका–४ निवासी बाबु रोका मगर दुई जना मुल्य वृद्धीको विरोधमा अनशन बसेका हुन् ।

‘न हामीले सडक चक्काजाम गर्छौं । न टायर बाल्छौं । सरकारले गरेको नराम्रो कामको विरोध आवाजबाट र अनशनबाट गर्न थालेका हौं’ अनशनरत युवा डिल्लीराज खनालले भने– ‘यो अनशन कहिले टुंगोमा पुग्छ थाहा छैन । सरकारले जहिले मूल्य वृद्धी फिर्ता गर्छ । त्यतिबेला सम्म हाम्रो आन्दोलन चलिरहन्छ ।’

सरकारको बिरोध गर्न सार्वजनिक सम्पत्तिको क्षति गर्ने, नारा जुलुस लगाउने, सडक चक्काजाम गर्ने, डायर बाल्ने जस्ता कार्य गर्ने परिपाटी बसेको छ । तर, लमहीका दुई युवाले सरकारको ध्यानाकर्षणको लागि सडकमा अनशन बसेर शान्तिपूर्ण आन्दोलन गरिरहेका हुन् ।

‘अनशन बस्नु हाम्रो रहर होइन । हाम्रो बाध्यता हो । उपभोक्ताको ढाड सेक्नेगरी सरकारले मूल्य बृद्धी गरेको छ । यसको बिरुद्ध हाम्रो अनशन हो’बावु रोकाले भने–‘पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धीले हाम्रो भान्सा, हाम्रो सार्वजनिक यातायात सबै क्षेत्र महंगो हुन पुग्यो ।’

नारायणी पौडेल खाना पकाउने ग्यास सकिएपछि किन्न पुगिन । जहाँ उनले सधैं एक हजार ६ सय मुल्य तिरेर किन्ने ग्यास दुई सय रुपैयाँ बढी थपेर एक हजार ८ सयमा किन्नुपर्यो । सरकारले खाना पकाउने ग्यासको मुल्य बढाएपछी पौडेल जस्ता गृहणीको भान्सा महंगो भएको छ ।

‘खाना पकाउने ग्यासको मूल्य एक्कासि बढ्यो । आम्दानी बढ्ने कुरै भएन । खर्च मात्रै बढ्दा ऋणमा घर व्यहार चलाउनुपर्ने स्थिति आयो’ उनले भनिन्– ‘मुल्य वृद्धी फिर्ता गरेर सरकारले सहुलियत दिनुपर्छ ।’

पेट्रोलियम पदार्थको मूल्य यो अवधिमा लगातार दुई पटक बढ्यो । जसको असर चौतर्फि परेको छ । सार्वजनिक यातायातको भाडामा वृद्धि भएको छ । जसले गर्दा दैनिक उपभोग्य बस्तुको मुल्य पनि बढेको छ । उपभोक्ता हित संरक्षणको क्षेत्रमा काम गर्ने अभियन्ताहरुले तुरुन्त मूल्य वृद्धि फिर्ता गरेर उपभोक्तालाई राहत दिनुपर्ने बताएका छन ।

‘सरकारको असफलता हो । बजारमा दैनिक उपभोग्य बस्तुको मुल्य बढेर जनताको ढाड सेकिएको छ’उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्माले भने– सरकारले उपभोक्ताको हितमा काम गर्नुपर्छ ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?