अवैध गाँजासहित एक भारतीय नागरिक पक्राउ

अवैध गाँजासहित एक भारतीय नागरिक पक्राउ
+
-

काठमाडौँ – मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १ बाट लागुऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीले ५० किलो ४०० ग्राम गाँजासहित भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्वर १० थाना बेला घर भई हाल महोत्तरीको औरही नगरपालिका वडा नम्वर ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

बिहीबार साँझ साढे ६ बजे प्रहरीले नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको ना २ ह १५०८ नम्वरको अटोलाई हेटौँडा–१ राप्तिरोडस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डस्थित रोकी जाँच गर्दा लुकाईछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।

पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धानका साथै कानुनी प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?