तीन सय ९० घण्टाको ‘आर्क वेल्डिङ’ तालिम सम्पन्न

तीन सय ९० घण्टाको ‘आर्क वेल्डिङ’ तालिम सम्पन्न
+
-

काठमाडौँ – सिटिइभिटी अन्तर्गतको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी बालाजुले सञ्चालन गरेको छोटो अवधी (३९० घण्टा) को आर्क वेल्डिङ तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

तालिमका गरेका सहभागीहरुलाई ग्रील तथा स्टील व्यावसायी महासघ नेपालका अध्यक्ष मोहन कटुवालले शुक्रबार एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरे।

सो अवसरमा उनले महासंघले उनीहरुलाई रोजगारी दिने बताए।

उक्त अवसरमा नेपालमा सञ्चालित झण्डै ११ हजार ग्रील उध्योगका लागि दक्ष जनशक्तिको अभाबमा उद्योग सञ्चालन गर्न समस्या परिरहेको बताइयो।

यो बेला यस तालिम केन्द्रबाट उत्पादित जनशक्तिले थोरै भएपनि राहत मिलिरहेको कटवालले बताए।

देशभरी सञ्चालित ग्रील उध्योगमा नेपाली भारती बाङ्लादेशी गरी एक लाख ७० हजार जति जनशक्ति कार्यरत छन् भने अझै २० हजार जना जनशक्ति तत्काल आवस्यक रहेको उनले बताए।

उनले बजारको माग अनुसारको तालिम लिएका जनशक्तिहरुले स्वदेशमा रोजगारी पाउने र विदेश जाँदा पनि राम्रो सेवा सुविधा पाउने यस्तो किसिमको तालिमको महत्व रहेको बताए।

उक्त कार्यक्रममा स्कुलका प्रमुख गुणानन्द झाले तालिम लिएका जनशक्तिले स्वदेशमा रोजगारी पाउन भन्ने उदेश्यले निजी क्षेत्रसग सहकार्य गरेर तालिम सञ्चालन गर्दै जाने बताए।

तालिमे प्रशिक्षार्थीहरुलाई ओजिटिको लागि निजी क्षेत्रका उध्योगमा समेत पठाउने लक्ष्य लिएको उनले बताए।

कार्यक्रममा उपप्रमुख उमा श्रेष्ठले यो छोटो अवधिको तालिम साधारण लेखपढ गर्न सक्नेदेखि उच्च शिक्षा हासिल गरेकाले आफ्नो घरबाट नै तालिममा जानसक्ने र खाजा भत्तासहित निःशुल्क तालिम पाउने हुँदा यस किसिमको तालिमको माग बढ्दै गएको बताइन्।

मेकानिकल प्रशिक्षक इस्वरीलाल श्रेष्ठले विदेशमासमेत काम गरी अनुभव बटुलेका र प्लस टु पास गरेका प्रशिक्षार्थीसमेत तालिम लिन आएको हुँदा तालिम दिन र उनीहरूलाई बुझाउन सहज भएको बताए।

तालिममा देशका विभिन्न भागबाट सहभागिता जनाएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?