
अ
+
अ
अ
-
काठमाडाैँ- काभ्रेकाे पनौती–बनेपा सडकखण्डअन्तर्गत पनौती नगरपालिका-५ आइटी पार्कनजिकै गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकाे छ।
शनिबार राति पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा ७३ प ७५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक नारायण थापाले बताए।
उनका अनुसार मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका-६ बस्ने अन्दाजी वर्ष २८ का फुलकाजी तामाङ छन्।
घटनापश्चात् उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको र शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक थापाका अनुसार ठक्कर दिएर फरार रहेको सवारीसाधनको खोजी भइरहेको छ।