
अ
+
अ
अ
-
काठमाडाैँ- विश्व वातावरण दिवसको अवसरमा आइतबार भक्तपुरमा सरसफाइ गरिएकाे छ।
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर-१ दुधपाटीस्थित भाज्या पुखुमा सरसफाइ गरिएकाे हाे।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउँदै यिनीहरूको संरक्षण गर्दै वातावरणीय सन्तुलयन कायम गर्नु साझा कर्तव्य भएको बताए।
काठमाडौँ उपत्यकाका नेवार समुदायले इनार, ढुंगाधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखः चाड वैज्ञानिक पर्वको रूपमा रहेको उल्लेख गर्दै उनले नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाई कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।