बनाएको साढे दुई वर्षमै बज्रयोगिनीमा मन्दिरको गजुर भाँचियो

बनाएको साढे दुई वर्षमै बज्रयोगिनीमा मन्दिरको गजुर भाँचियो
+
-

काठमाडौँ – बज्रयोगिनी मन्दिरसँगै रहेको पदम सोयल मन्दिरको गजुर भाँचिएको छ।

भित्र बौद्ध चैत्य रहे पनि बाहिरी स्वरुप भने पेगोडा शैलीमा निर्माण गरिएको मन्दिरको गजुर पुनःनिर्माण गरिएको छोटो समयमै भाँचिएको हो।

२०७२ सालमा भूकम्पले भत्किएको साे मन्दिर साढे दुई वर्षअघि पुरातत्व विभागले पुनःनिर्माण गरेकाे थियो। साँखुका स्थानीय बासिन्दा रन मल्लले मंगलबार बिहान मन्दिरको गजुर भाँचिएर खस्नै लागेको अवस्थामा देखेको बताए।

महानगरीय प्रहरी प्रभाव साँखुका प्रमुख एवं इन्सपेक्टर जनक पुरीले पनि गजुर भाँचिएको पुष्टि गरे। उनले बाँदरले गर्दा गजुर भाँचिएको बताए। पुरीले भने, ‘मन्दिरमा हाम्रो टोली पुगेको छ। प्रारम्भिक रुपमा हेर्दा बाँदरले हल्लाउँदा भाँचिएको देखियो।’

पुरातत्व विभागले उपत्यकाको सर्वाधिक पुरानो मध्येको एक बज्रयोगिनी माईको मुख्य मन्दिर र उक्त मन्दिरको पुन निर्माणमा झण्डै ६ करोड रुपैयाँ खर्चेको थियो।

पुरानै शैलीमा पुनःनिर्माण गर्न विभागले पाँच करोड ९२ लाख रुपैयाँ खर्चेको थियो। स्थानीयले कमसल खालको धातु प्रयोग गरी गजुर बनाएका कारण भाँचिएको हुन सक्ने आशंका गरेका छन्।

२०७६ मंसिर २८ गते तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले दुवै मन्दिर उद्घाटन गरेका थिए।

यो पनि पढ्नुहोस्

६ करोड लागतमा बज्रयोगिनी मन्दिरको पुननिर्माण सकियो

६ करोड लागतमा बज्रयोगिनी मन्दिरको पुननिर्माण सकियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?