उपत्यकामा एकैदिन १५२ चालकमाथि कारवाही

उपत्यकामा एकैदिन १५२ चालकमाथि कारवाही
+
-

काठमाडौँ – पछिल्ला दिन काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउनेको संख्या बढेको पाइएको छ।

ट्राफिक प्रहरीले सोमबार मात्र काठमाडौँ उपत्यकामा मापसे गरी सवारी साधन चलाउने १५२ जना चालकलाई कारवाही गरेको छ। आइतबार यो संख्या १४८ रहेको थियो।

ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सोमबार एकैदिन २ हजार ३६८ जना सवारी चालकलाई कारवाही गरेको थियो। विभिन्न ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार कारवाहीमा पर्ने सवारी चालकमा फुटपाथमा पार्किङ गर्ने १९४ जना, मदिरा पिएर सवारी साधन चलाउने १५२ जना, तिब्र गतीमा सवारी साधन चलाउने १२२ जना र लेन उल्लंघन गर्ने १०७ जना रहेका छन्।

यस्तै सोमबार नै जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९५ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ७१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५६ जना, क्षमता भन्दाबढी यात्रु राख्ने ३५ जना र अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना चालकलाई पनि कारवाही गरिएको सो कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?