ऊर्जा खपत कम गर्न पाकिस्तानमा सरकारी कार्यालय हप्तामा पाँच दिन खुल्ने

ऊर्जा खपत कम गर्न पाकिस्तानमा सरकारी कार्यालय हप्तामा पाँच दिन खुल्ने
+
-

एजेन्सी – पाकिस्तानले आफ्नो सरकारी कार्य हप्तामा ६ बाट घटाएर पाँच दिन पुर्‍याउने भएको छ।

ऊर्जा र इन्धन खपत कम गर्न सरकारले पछिल्लो योजना ल्याएको हो। योजनालाई मंगलबार मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ।

गठबन्धन सरकारको मन्त्रिपरिषद्ले ल्याएको योजनामा इन्धन र ऊर्जाको प्रयोग घटाउनका लागि विभिन्न मितव्ययी उपाय समावेश छन्।

पछिल्लो समयमा पाकिस्तानमा उर्जा संकट चर्किएको छ। लोडसेडिङको समय र इन्धनको मूल्यमा बृद्धि हुँदा अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ। गर्मी महिनामा बढ्दो मागको सामना गर्न देशको उर्जा उत्पादन घाटामा छ।

‘हामीले गम्भीर संकट सामना गरेका छौँ। ऊर्जा संरक्षणका उपायहरू अपनाउनु आवश्यक छ। हामीले ऊर्जा बचत गर्न हरेक विकल्पमा जान आवश्यक छ’, सूचना मन्त्री मरियम औरंगजेबले मंगलबार एक पत्रकार सम्मेलनमा भने।

मानिसहरूलाई शुक्रबार घरबाट काम गर्न दिने र इन्धन भण्डारमा बोझ कम गर्न व्यावसायिक बजारहरू बन्द गर्ने बारेमा पनि अध्ययन भइरहेको छ।

एक सातामा पेट्रोलको मूल्य ४० प्रतिशतले बढेपछि देशमा आक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्ले सरकारी कर्मचारी र मन्त्रिपरिषद्का सदस्यलाई दिइने पेट्रोल भत्ता ४० प्रतिशतले घटाउने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद्ले सरकारी अधिकारी र मन्त्रीहरूको अनावश्यक विदेश भ्रमणमा पूर्णप्रतिबन्धलाई पनि अनुमोदन गरेको छ।
‘सम्बन्धित समितिले अनुमति दिएपछि मात्र अनिवार्य भ्रमण र महत्वपूर्ण द्विपक्षीय भ्रमणलाई अनुमति दिइनेछ’, सूचनामन्त्रीले औरंगजेबले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?