चलचित्र ‘वेलकम टु हेम्जाकोट’को गीत ‘मायाको रेडियो’ सार्वजनिक

चलचित्र ‘वेलकम टु हेम्जाकोट’को गीत ‘मायाको रेडियो’ सार्वजनिक
+
-

काठमाडौँ – चलचित्र ‘वेलकम टु हेम्जाकोट’को ‘मायाको रेडियो’ बोलको गीत सार्वजनिक भएको छ।

निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्रको आइटम फ्लेभरको सो गीत बुधबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।

निर्देशक पौडेलका अनुसार सो चलचित्रको प्रदर्शन मिति कार्तिक २५ गतेलाई तय गरिएको छ।

सो गीतमा कविराज गहतराजले कोरियोग्राफी, उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत र प्रज्वल अधिकारीको शब्द छ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रका प्रमुख अभिनेता बिनोद न्यौपानेले ‘वेलकम टु हेम्जाकोट’ साँच्चै नै रमाइलो बनेको बताउदै दर्शकको माया पाउनेमा आशावादी रहेको बताए।

तेजप्रसाद दाहालको प्रस्तुती, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको चलचित्रमा विनोद, अम्बिका, सुजैरा,अस्मिताका साथमा बुद्धि तामाङ, शारदा गिरी, विशाल पहाडी, रवि गिरी,सन्दिप सिग्देल र स्व.जयनन्द लामालगायतले अभिनय गरेका छन्।

भिडियोः 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?