गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेलामा १५ सय भन्दाबढी तिर्थयात्री

गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेलामा १५ सय भन्दाबढी तिर्थयात्री
+
-

काठमाडौँ – गंगादशहराको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा एक ५०० भन्दाबढी तिर्थयात्रीले मेला भरेका छन्।

ज्येष्ठ शुक्लठ प्रतिपदादेखि दशमीसम्म लागेको गोसाइँकुण्ड मेलामा एक हजार ५०० भन्दाबढीले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।

यो वर्ष गंगादशहरा मेला १० दिनसम्म लागेको थियो। अघिल्लो वर्षहरुमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने संचालन भएको हो। कोभिड १९ को जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुुनै समस्या नभएको कारण यसपटक मेला संचालन भएको हो।

पौराणिक कथनअनुसार परापूर्व कालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विषय सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको हो।

कुण्डमा स्नान गरि गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षाहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौँ हजार भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?