होराल्ड काण्डमा राहुल गान्धीमाथि सोधपुछ हुँदा कांग्रेसको आपत्ति

होराल्ड काण्डमा राहुल गान्धीमाथि सोधपुछ हुँदा कांग्रेसको आपत्ति
+
-

एजेन्सी – नेसनल हेराल्ड काण्डमा पार्टी नेतृ सोनिया गान्धी र राहुल गान्धीलाई कारबाही गरेको विरोधमा उत्रिएका भारतीय कांग्रेस पार्टीका कार्यकर्तालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा राहुल गान्धी आज प्रवर्तन निर्देशनालयमा उपस्थित हुँदैछन्। निर्देशनालयले सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलबारे अनुसन्धान गरिरहेको छ।

त्यसैको विरोधमा कंग्रेस कार्यकर्ताले नयाँ दिल्लीलगायतका सहरमा विरोध प्रदर्शन गरेका छन्। निर्देशनालयमा वरपर प्रहरीले निषेधाज्ञा जारी गरेको छ।

कांग्रेस नेताहरूले निषेधाज्ञाबारे पुनर्विचार गर्न आग्रह गरेका थिए। पार्टीले राजधानी दिल्लीलगायतका धेरै सहरहरूमा योजनाबद्ध रूपमा विरोध प्रदर्शनलाई अगाडि बढाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले विपक्षीहरूको आवाज बन्द गर्न प्रवर्तन निर्देशनालय र अन्य केन्द्रीय निकाय प्रयोग गरेको कांग्रेसले आरोप लगाउँदै आएको छ।

पार्टीले आफ्ना नेतामाथि लगाइएका आरोप ‘नक्कली र आधारहीन’ भएको र भाजपाले ‘बदलाको राजनीति’ गरेको आरोप लगाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?