१४० दिनपछि सञ्चालनमा त्रिवि, रजिष्ट्रार दाहाल भन्छन्,‘अबदेखि नियमित कार्यालयमा आउँछौँ’

१४० दिनपछि सञ्चालनमा त्रिवि, रजिष्ट्रार दाहाल भन्छन्,‘अबदेखि नियमित कार्यालयमा आउँछौँ’
+
-

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ।

त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो।

त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरू भएको बताए।

‘ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौँ’ उनले भने,‘अबदेखि हामी नियमित कार्यालयमा आउँछौँ।’

तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिएनन्। उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए।

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले यही जेठ २७ गते र गत शुक्रबार आङ्शिक शिक्षकहरुले जेठ २९ गते ताला खोलेका थिए।

प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए।

यस्तै अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो।

त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आङ्शिक शिक्षकहरुले माघ २० गतेदेखि तालाबन्दी गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?