
काठमाडौँ – मुस्ताङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्।
ती किशोरीलाई बलात्कार गरेको अभियोगमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ चैले बस्ने २९ वर्षीय राजन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
ती किशोरीलाई सोही गाउँपालिका-३ समरस्थित सामुदायिक भवनको शौचालयमा लगि राजनले शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरीले घरपझोङ गाउँपालिका-४ जोमसोमबाट उनलाई पक्राउ गरेको हो।