रसुवामा विपद् व्यवस्थापनको पूर्वतयारी

रसुवामा विपद् व्यवस्थापनको पूर्वतयारी
+
-

काठमाडाैँ- वर्षायामको बाढी पहिराले पुर्‍याउनसक्ने असरप्रति पूर्वसावधानी अपनाउँदै हिमाली जिल्ला रसुवामा खोज तथा उद्धारको तयारी गरिएको छ।

वर्षायाम सुरु भइसकेको र भारी वर्षासँगै ठाडो खोल्छाबाट बेजोडले झर्ने भल एवं नदीमा एक्कासि आउने बाढीको जोखिमले हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गराउन, खोज एवं उद्धार कार्य प्रभावकारी बनाउन सुरक्षा निकायले आफ्ना अधिकृत एवं जवानलाई अभ्यास गराई पूर्वतयारीका साथ राखेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार विपद् व्यवस्थापन समिति तथा सुरक्षा अंगमा केही उद्धार सामग्री मौज्दात रहेको, खोज उद्धारका लागि दक्ष जनशक्ति तयार भइसकेका कारण पर्नसक्ने विपद् प्रतिकार्यमा विगतभन्दा यस वर्ष केही सहज हुनेछ।

वर्षायाममा हुनसक्ने विपत्तिलाई ध्यानमा राख्दै छिटोभन्दा छिटो खोज उद्धार गरी ज्युज्यानको रक्षा गर्न नेपाली सेना विष्णुदल गणको संयोजनमा उक्त गणका अधिकृत तथा जवान एवं सशस्त्र प्रहरी बल २० नम्बर गुल्म तथा रसुवा प्रहरीका गरी ५५ सुरक्षाकर्मीलाई तालिम उपलब्ध गराइएको छ।

विष्णुदल गणद्वारा गोसाइँकुण्ड गाउँपालिका-६ नागुङ गाउँ नजिक पहिरोस्थलमा गरिएको खोज उद्धारको नमूना अभ्यासले स्थानीय बासिन्दालाई समेत सो कार्यमा सहयोगी भूमिका निर्वाह गर्न गराउन मद्दत पुगेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।

रसुवामा तैनाथ नेपाली सेनाका गणहरूले विगतदेखि बाढी पहिरोको अलावा पवित्र तीर्थ गोसाइँकुण्ड जाँदा लेक लागेर गम्भीर अवस्थामा पुगेका यात्रुलाई समेत छिटो उद्धार गरी पुनः जीवन दिलाउने कार्यमा योगदान पुर्‍याउँदै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?