गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा

गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा
+
-

काठमाडौँ – सरकारले गोदावरी-फूल्चोकीलाई वन संरक्षण क्षेत्र घोषणा गरेको छ।

वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको हो।

वन ऐन ०७६ को दफा १५ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी ललितपुर र काभ्रेपलान्चोक जिल्लामा पर्ने वनलाई गोदावरी-फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएको हो।

३ वैशाख ०७२ मा सर्वोच्च अदालतले गोदावरी-फूल्चोकी क्षेत्रलाई प्रचलित कानुनबमोजिम आरक्ष, निकुञ्ज वा जे उपयुक्त हुन्छ घोषणा गर्न आदेश दिएको थियो।

ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पूर्वी सीमानादेखि काभ्रेतर्फको ५०.५३ हेक्टर राष्ट्रिय वन क्षेत्र पर्नेगरी सोही जिल्लाको पनौती नगरपालिका-१ र २ अन्तर्गत फूल्चोकी डाँडादेखि भर्याङ खोल्सी, साल्दुङ खोल्सी र ललितपुरको सीमानासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र संरक्षण वनमा पर्नेछ।

त्यस्तै, गोदावरी नगरपालिका-४ र ५ मा पर्ने जयभद्रे सामुदायिक वनदेखि पातलेछाप सामुदायिक वन क्षेत्र अन्तर्गतको राष्ट्रिय वन र निजी आवादी जग्गाको सीमासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र पनि संरक्षण वनमा पर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?