सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैलीले राष्ट्रियता बलियो हुन सक्दैन: सांसद् अर्याल

सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैलीले राष्ट्रियता बलियो हुन सक्दैन: सांसद् अर्याल
+
-

काठमाडौँ – नेकपा माओवादी केन्द्रकी सांसद् उर्मिला अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरू गर्दा राजनीतिक दलहरूकाबीचमा साझा धारणा बनाउनुपर्ने बताएकी छिन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद् अर्यालले अन्तर्राष्ट्रिय स्तरका सन्धि, सम्झौताहरू गर्दा देशका प्रमुख राजनीतिक दलका नेताहरुको साझा धारणा बन्नुपर्ने बताएकी हुन्।

उनले सत्तामा हुँदा राष्ट्रियता बिर्सेर विदेशीलाई खुसीपार्ने अनि प्रतिपक्ष भएपछि गाली र आलोचना गर्ने प्रवृत्ति रहेको भन्दै कुनैपनि विषयमा साझा राष्ट्रिय धारणाको आवश्यकता रहेको बताइन्।

उनले परराष्ट्र नीति र वैदेशिक सम्बन्धका बारेमा राष्ट्रिय नीति आवश्यकता रहेको बताइन्। उनले भनिन्, ‘सबैभन्दा धेरै सोच्नुपर्ने कुरा के छ भने यो अझै एमसीसीकै पार्ट हो भनेर पनि आइराखेको छ। यस सम्बन्धमा हामीले के सोच बनाउनुपर्यो भने हामी यदी जिम्मेवार राजनीतिक पार्टीहरु हौँ भने सोच बनाउनुपर्यो, कुनै कुरो अन्तर्राष्ट्रिय हिसाबले छलफल गर्ने, कुनै सम्झौता, सन्धी गर्न जाने बेला भन्दा अगाडी नै कम्तिमा राष्ट्रिय स्तरका दलका सम्पूर्ण नेता राखेर, बसेर छलफल गरेर जानुपर्यो र एउटा हाम्रो आफ्नै राष्ट्रिय धारणा बन्नुपर्यो। राष्ट्रिय धारणा नबन्ने आफु सत्तामा हुँदा त्यही गल्ती दोहोर्याउने, प्रमाणहरु छ। अहिले वर्तमान सरकारलाई आरोप आइराखेको छ, उहाँहरुको विरुद्धपनि थुप्रै प्रमाणहरु छ। अब हामीले के सही रु के गलत भन्ने? आफू सत्तामा भएको बेला राष्ट्रियता सबै बिर्सेर खुसी पार्ने हिसाबले जाने। अब यो हुँदैन भन्ने कुरा त सरकारबाट आइसकेको छ नि त। जब आफू सत्ताबाट हिँड्यो अनि प्रतिपक्षको काम गाली गर्ने, आलोचना गर्ने मात्र होइन रचनात्मक पनि भुमिका हुनुपर्छ। हामीले सुझबुझसहित राष्ट्रिय धारणा बनाउनुपर्यो। हाम्रो परराष्ट्र नीति कस्तो हुने? हाम्रो सम्बन्धहरू कसरी राख्ने? राष्ट्रिय नीति बन्नुपर्यो सरकारको।’

यस्तै, उनले सत्तामा रहँदा एउटा र प्रतिपक्षमा रहँदा अर्को शैली अपनाउने हो भने नेपालको राष्ट्रियतालाई बलियो बनाउन नसकिने बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?