विश्वभर ३६ मिलियन बालबालिका विस्थापित

विश्वभर ३६ मिलियन बालबालिका विस्थापित
+
-

एजेन्सी – द्वन्द्व, हिंसा र अन्य संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा विश्वभर ३६ दशमलब ५ मिलियन बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले जनाएको छ। यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो।

सन् २०२१ मा २ दशमलब २ मिलियनले बढेको यो संख्यामा १३ दशमलब ७ मिलियन बाल शरणार्थी तथा शरण खोज्नेहरू र झण्डै २२ दशमलब ८ मिलियन द्वन्द्व र हिंसाका कारण आन्तरिक रूपमा विस्थापित भएका व्यक्ति समावेश भएका युनिसेफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

जलवायु र वातावरणीय प्रकोपबाट विस्थापित बालबालिका, रुस-युक्रेन द्वन्द्वलगायत सन् २०२२ मा विस्थापित भएका बालबालिकालाई प्रतिवेदनमा समावेश गरिएको छैन।

ठूलो संख्यामा मानिस विस्थापित हुनुमा अफगानिस्तान जस्तै लामो द्वन्द्वको चपेटामा परेका प्रजातान्त्रिक गणतन्त्र कंगो र यमनजस्ता देशले भोग्नु परेको संकट र जलवायु परिवर्तनको विनाशकारी परिणाम भएको सो निकायले जनाएको छ।

रिपोर्टअनुसार शरणार्थी बालबालिकामध्ये आधा मात्र प्राथमिक विद्यालयहरूमा भर्ना भएका छन्।

त्यस्तै, शरणार्थी किशोर/किशोरीमध्ये एक चौथाइभन्दा कम माध्यमिक विद्यालयमा अध्ययनरत छन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?