
काठमाडौँ – महोत्तरीमा ११६.५० ग्राम बिस्कुट आकारको सुन बोकेर हिँडिरहेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका-५ का सुशील साह पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
सम्सी हुँदै गौशालातर्फ पैदल आउँदै गरेका साहले बोकेको सुनको विषयमा थप खुल्न सकेको छैन।
साहले उक्त सुन कसरी र कहाँबाट ल्याएका हुन भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए।