बिहे गर्छु भन्दै बलात्कार गरी नगद र गरगहना लुटेर फरार तामाङ पक्राउ

बिहे गर्छु भन्दै बलात्कार गरी नगद र गरगहना लुटेर फरार तामाङ पक्राउ
+
-

काठमाडौँ – प्रहरीले बिहे गर्ने प्रलोभनमा युवतीलाई बलात्कार गरी उनको साथबाट एक लाख र सुनका गरगहना लुटपाट गरी फरार भएका आशिष भन्ने विश्व तामाङलाई पक्राउ गरेको छ।

गत २९ जेठ राति काठमाडौँको भोटेबहालस्थित एक गेस्ट हाउसमा तामाङले २४ वर्षीया युवतीलाई पेय पदार्थमा नशालु पदार्थ मिसाई खुवाएर बलात्कार गरेको प्रहरीले जनाएको छ।

जबर्जस्ती करणी गरी आफ्नो साथमा रहेको नगद एक लाख, दुई तोला सुन र एउटा मोबाइलसमेत लुटी फरार भएको भन्दै युवतीले २ असारमा प्रहरी बृत्त कालीमाटीमा निवेदन दिएकी थिइन्।

सोही उजुरीका आधारमा प्रहरीले तामाङलाई ५ असार राति ११ बजे पक्राउ गरेको हो । हाल उनलाई प्रहरी वृत्त कालीमाटीमा राखिएको छ।

प्रहरीले पीडित महिलालाई प्रसुती गृह अस्पतालमा लगी स्वास्थ्य र शारीरिक परीक्षण गराई अनुसन्धान सुरु गरेको जनाएको छ।

काभ्रेको तिमाल गाउँपालीका-९ घर भई तामाङ हाल बनेपामा डेरा गरी बस्दै आएका थिए। तामाङविरुद्ध प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जनाएको छ।

– न्युज कारखाना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?