आन्तरिक उडान नियमित रूपमा सञ्चालन हुने

आन्तरिक उडान नियमित रूपमा सञ्चालन हुने
+
-

काठमाडौँ – वायुसेवा सञ्चालकले सबै आन्तरिक उडान नियमित गर्ने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक उडान नियमित गर्ने भएका हुन्।

वायुसेवा सञ्चालक सङ्घले आज बिहान ११ बजेपछि सबै उडान सञ्चालन गर्ने जनाएको छ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले हवाई सेवा अत्यावश्यक भएको भन्दै उडान बन्द गरे सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी गर्दै वायुसेवा सञ्चालन अनुमति (एओसी) नै खारेज गर्ने बताए।

उनले भने, ‘जहाजको बेस व्यवस्थापन निर्देशनको पालना गर्नु वायुसेवा सञ्चालकको कर्तव्य हो, अटेर गरे कानुनबमोजिम प्रस्तुत हुन्छौँ।’

मङ्गलबार प्राधिकरणले जारी गरेको जहाजको बेस व्यवस्थापन निर्देशनविरुद्ध वायुसेवा सञ्चालकहरूले आन्दोलन गर्ने चेतावनी दिएका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको बैठकले वायुसेवाको जहाँबाट पहिलो उडानको बेस छ, त्यहीबाटै पहिलो उडान भर्नुपर्ने तथा नाइट स्पटका लागि त्यही बास बस्नुपर्ने निर्णय गरेको थियाे।

यो पनि पढ्नुहोस्

हवाई उडान नरोक्न उड्डयन प्राविधिकरणको निर्देशन

हवाई उडान नरोक्न उड्डयन प्राविधिकरणको निर्देशन

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?