बाराको एक घरबाट लाखौँको गहना चोरी

बाराको एक घरबाट लाखौँको गहना चोरी
+
-

बारा – बाराको निजगढ नगरपालिका-९ निवासी गोविन्द खरेलको घरमा मंगलबार दिउँसो चोरी भएको छ।

चोरहरुको समूहले खरेलेको घरको मूल ढोका तोडफोड गरेर दराज र सन्दुकमा राखिएको नगदसहित लाखौँ मूल्य बराबरको सुनकाे गहना चोरी गरेको हो।

घरमा राखिएको करिब २५ तोला सुन र १ लाख रुपैयाँ चोरी भएको खरेलले जानकारी दिए। घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उनले बताए।

आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किँदा चोरी भएको पाइएको घरमुली खरेलले बताए। घरको मूल ढोकाको ताल्चा फोरर भित्र पसेका चोरहरुले सुनका गहना खोजेर लगेको उनले बताए।

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मगंलबार दिउँसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?