
टेक्सास – बन्दुकधारीले १९ विद्यार्थी र दुई शिक्षकको हत्या गरेको टेक्सासको उभाल्देमा रहेको रोब इलिमेन्टरी स्कूललाई भत्काइने भएको छ।
उक्त सहरका मेयरले सो जानकारी दिएका हुन्। गोलीकाण्डबारे उभाल्देका वासिन्दाले जवाफ मागेपछि मेयर डन म्याकलाफ्लिनले सो जानकारी दिएका हुन्। विद्यालय कहिले भत्काइन्छ भन्ने विषयमा भने उनले केही खुलाएनन्।
‘मैले सुपरिटेन्डेन्टसँग विद्यालय भत्काउने विषयमा छलफल गरेको थिए। उक्त विद्यालयमा तपार्इँले कहिल्यै पनि बालबालिका र शिक्षकलाई त्यहाँ पठाउनु हुनेछैन्’, उनले भने।
रोब इलिमेन्टरीमा दोस्रो, तेस्रो र चौथो कक्षामा करिब ६०० विद्यार्थी छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यालय भत्काउन सुझाव दिएका राज्यका सिनेटर रोलान्ड गुटेरेजले गत महिना स्थानीय सञ्चार माध्यमहरूलाई जनाएका थिए। रोब इलिमेन्टरी सामूहिक गोलीबारी पछि भत्काइने पहिलो विद्यालय भने हुनेछैन।
सन् २०१२ मा सामूहिक गोलीकाण्डपछि कनेक्टिकटको न्यूटाउनमा रहेको स्यान्डी हुक इलिमेन्टरी स्कूल भत्काइएको थियो। आक्रमणमा २० विद्र्याी र ६ कर्मचारी मारिएका थिए।