अबदेखि चितवनबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने

अबदेखि चितवनबाटै सवारी चालक अनुमतिपत्र लिन सकिने
+
-

काठमाडाैँ- चितवनमा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ।

आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ। यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ।

कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ छ।

प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको छ। पौडेलको भनाइमा दुईवटा कम्पनी प्राविधिक छनोटमा परेका छन्।

यही असार २३ गते ती कम्पनीको आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोलिँदै छ। त्यसपछि सात दिनको आशय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्नुपर्ने हुन्छ।

उनले भने, ‘यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्नेछौँ।’

अथवा साउन दोस्रो साताबाट प्रक्रिया अघि बढ्ने उनको भनाइ छ। चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छवटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गरेका थिए‍।

प्राविधिक प्रस्तावको मूल्यांकनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरु ड्राइभिङ छनोटमा परेका छन्। थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेस गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्यांकनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए।

चितवनबाट सुरुमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले जानकारी दिए।

‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन्।

जिल्लाका बासिन्दा अनुमतिपत्रका लागि हेटौँडा, वीरगञ्ज, कावासोती, काठमाडाैँ लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ।

उनको भनाइमा हेटौँडामा जाने ७० प्रतिशत चितवनका हुन्। कावासोतीमा जानेमा आधा यही जिल्लाका छन्।

हेटौँडामा सातामा चार सय हाराहारी कार र एक हजार हाराहारी दुई पाङ्ग्रे सवारीका लागि अनुमतिपत्र लिनेहरूले परीक्षा दिँदै आएका छन्। उनका अनुसार हेटौँडाको भन्दा केही बढी चितवनमा हुनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?