
काठमाडाैँ- काभ्रेपलाञ्चोकको मण्डनदेउपपुर नगरपालिका-७ स्थित कुन्ता बजारमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ सिन्धुकोट बस्ने ३५ वर्षीया कान्छी मिजार रहेकी छन्।
काठमाडौँबाट मेलम्चीतर्फ जाँदै गरेको बा २ ख ६६७४ नम्बरको बसले उनलाई शुक्रबार ठक्कर दिएको प्रहरीले जनाएको छ।
बसबाट झर्ने क्रममा उक्त बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।