
सुनेन कि यस्ले भनि कान खोल्न आउँछन्
एक निन्द्रा सुतौँ भन्दा चर्को बोल्न आउँछन्।।
तार नमिल्दा क्यामराको बात लगाए मलाई
खाको लाको नसहेर खान्की रोल्न आउँछन्।।
तानामाना आर्यघाट ठाने उठ्ति रह्यो थाँति
पालोफेरो गर्दा नयनमा आँसु घोल्न आउँछन्।।
भाउ बेसाहाले पाडी पायो नुनतेल बजारमा
दाम नबोकि झोलामा किन मोल्न आउँछन्।।
यसो गरौँ च्याँखे थाप्छन् उसो गरौँ च्याँखे
चम्काउँ अब बाटो भन्दा मकै पोल्न आउँछन्।।