
चितवन- भरतपुर महानगरपालिका- १ पोखरा बसपार्क नजिकै ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
घटनामा परी इच्छाकामना गाउँपालिका-३ का २१ वर्षीय सन्दीप गुरुङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजेको समयमा पुल्चोकबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रकले भित्री सडकबाट पोखरा बसपार्क जाने मुख्य सडक पार गर्न लागेको ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
ट्रकको ठक्करबाट स्कुटर चालक गैँडाकोट नगरपालिका-४ का २१ वर्षीय मनिष लामा गम्भीर घाइते भएका थिए। उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
पछाडि सवार गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।