मेलम्चीमा शल्यक्रियासहित सुरक्षित प्रसूति सेवा

मेलम्चीमा शल्यक्रियासहित सुरक्षित प्रसूति सेवा
+
-

सिन्धुपाल्चाेक- गर्भवतीलाई असामान्य अवस्थामा शल्यक्रियासहित सुरक्षित प्रसूतिको लागि धुलिखेल, काठमाडौँसम्म पुर्‍याउनुपर्ने बाध्यता अन्त्य भएको छ।

आमा र नवजात शिशु दुवैको स्वास्थ्य जोखिम त्यतिकै हुन्थ्यो। आफ्नै गाउँठाउँमा जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालन भएपछि लाखौँ खर्चेर काठमाडौँसम्मका अस्पताल धाउनुपर्ने बाध्यता हटेकोमा अहिले सिन्धुपाल्चोक मेलम्ची क्षेत्रका स्थानीय खुसी छन्।

यसअघि सामान्य स्वास्थ्य उपचार सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रलाई मेलम्ची नगरपालिकाले १५ शय्याको नगर अस्पतालको रुपमा स्तरोन्नति गरेसँगै सेवा विस्तार गरिएको हो।

शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा, ट्रमा सेन्टर, फार्मेसी, दन्त सेवा, आँखा उपचार सेवा, अक्सिजन उत्पादन प्लाण्ट तथा अन्य सेवाको लागि अब अन्यत्र जानुपर्ने बाध्यता हटेको मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए।

इन्द्रावती गाउँपालिकाका देव मगर, मेलम्चीमै श्रीमतीले शल्यक्रिया सहितको सुरक्षित निःशुल्क प्रसूति सेवा पाउँदा खुसी व्यक्त गर्छन्। विगतमा गर्भवतीको असामान्य अवस्थामा आमा र बच्चा दुवैको जोखिम हुँदाँ सुरक्षित प्रसूतिकै लागि धुलिखेल र काठमाडौँसम्म लैजानुपर्ने बाध्यता थियो।

सहरका महँगा अस्पतालको उपचार खर्च धान्न यहाँका दुर्गम ठाउँका स्थानीयलाई मुस्किल हुन्थ्यो। आफ्नै ठाउँमा अहिले विशेषज्ञ चिकित्सककै संलग्नतामा जटिल प्रसूति सेवा पाएपछि यहाँका गर्भवतीलाई राहत मिलेको इन्द्रावती गाउँपालिकाका अञ्जली मगर बताउँछिन्।

विभिन्न सेवाको विस्तारसँगै जटिल शल्यक्रियासहितको निःशुल्क प्रसूति सेवा सञ्चालनमा आएपछि अस्पतालमा सुरक्षित प्रसूति सेवा लिनेको चाप बढेको छ। यसकारण गुणस्तरीय सेवाको लागि जनशक्तिको अभाव, भौतिक पूर्वाधार, आर्थिक प्रशासनलगायत अन्य क्षेत्रको अभाव खड्किएको मेलम्ची नगर अस्पतालका प्रमुख डा. दामोदर पौडेलको भनाइ छ।

पाँचपोखरी, हेलम्बु, र इन्द्रावती गाउँपालिकाको प्रमुख केन्द्रको रूपमा रहेको मेलम्ची नगरपालिकामा अस्पताल सञ्चालन तथा शल्यक्रियाका आवश्यक सामग्री र विशेषज्ञसहित स्वास्थ्यकर्मीको सेवा उपलब्ध भएपछि मेलम्चीका मात्र नभएर अन्य पालिकाका दुर्गम ठाउँका नागरिकलाई पनी स्वास्थ्य सेवा लिन सहज भएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?