
अ
+
अ
अ
-
काठमाडौँ- भृकुटीमण्डपमा बुधबार भएको आगलागीबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्ष सन्तोष सिंह राठौरका अनुसार आगलागीबाट करिब ३० करोड बराबरको सामग्री जलेर नष्ट भएको दाबी गरिएको छ ।
समाज कल्याण परिषद् र आपांग संघको गोदाममा आगलागी हुँदा सो क्षति भएको उनले बताएका छन्।
राठौरका अनुसार गोदाममा राखिएका ह्वीलचेयर, कृत्रिम खुट्टा तथा हातहरु जलेका छन् । साथै अफिसका सामग्री तथा कागाजतहरु पनि जलेर नष्ट भएको उनले बताए ।
उनी भन्छन्, ‘प्रारम्भिक विवरण अनुसार हामीलाई ३० करोडको क्षति भएको भन्ने खबर प्राप्त भएको छ। बाँकि विवरण आउन भने बाँकी नै छ।’
दिउँसो करिब ३ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा आइसकेको छ।
आगलागीको कारण भने खुलिनसकेको उनले बताएका छन्।