
आफ्नो नाक काट्दै टाल्ने कुरा कति
गए जान्छ इज्जत फाल्ने कुरा कति।।
कोहि भन्ने फू गरि उडाइ दिन्छौँ अब
बल्ल बल्ल ठडिएको ढाल्ने कुरा कति।।
बिनासित्ति खेदो खन्छन् आजकल किन
सानो निउमा सडकमा बाल्ने कुरा कति।।
घ्यूका ठेकि आफै सँग जता बाँडौँ खुसि
काँधमा थैलो बोक्नेतिर हाल्ने कुरा कति।।
नदिउँ भने डर मर्नु गुल्टाउने पो हुनकि
बैरी च्यापि भाग बाँडि पाल्ने कुरा कति।।
साँचो पर्यो उसैसँग जस्लाइ पनि मिल्ने
ढ्याङ्ग्रो ठटाइ थर्काएर गाल्ने कुरा कति।।