
१. भ्यागुताहरू
रानीपोखरीभित्र
गीत गाउँदै ।
२. हरियो देख्छु
सिसी… फुट्यो कि आँखा ?
साउन पन्ध्र !
३. छेपाराहरू
मेहन्दी लगाउँदै
साउन मान्दै ।
४. मुर्ख मानिस !
होशियार बाँदर !
शिष्ट हुँडार !
५. मक्किँदै खाँबो
दाई दाइँमा व्यस्त
नारो चुँडिदै ।
६. हाँगा लाछेर
चराहरू भगाए
शिकारी झुण्ड !
७. त्यही रूखमा
काग कराउँदैछ
अपशकुन !
८. तार काटेर
बार बारेछौ धन्न !
भार भएन ?
९. भकारीभित्र
मुसाले धान खायो
तिमी के खान्छौ ?
१०. पार पाए पो
खार कति निस्कन्छ ?
र्याल नकाढ्नू !