
एजेन्सी – थाइल्याण्डका प्रधानमन्त्री प्रयुथ ओ चान निलम्बित भएका छन्। थाइल्यान्डको उच्च अदालतले उनलाई बुधबार निलम्बन गरेको हो।
विपक्षी पार्टीले उनीविरुद्धमा सोमबार दिएको मुद्धाका आधारमा अदालतले बुधबार चानलाई निलम्बन गरेको हो। उनको कार्यकाललाई लिएर विपक्षीले उजुरी गरेका थिए।
उनीविरुद्ध परेको मुद्दाको सुनुवान गर्न ९ जनाको इजलास गठन गरिएको थियो। इजलासका पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए।
चान सन् २०१४ मा सैन्य कुपछि प्रधानमन्त्री भएका थिए। उनले निरंकुशता लादेको विपक्षीले आरोप लगाएका छन्।
विपक्षीहरुले उनको कार्यकाल सन् २०१४ देखि गणना गर्नुपर्ने र सत्तारुढ दलले सन् २०१९ मा भएको आमनिर्वाचनपछि मात्रै गणना गरिनुपर्ने विवादबीच यो विषय अदालतसम्म पुगेको थियो।