
सिमकोट – हुुम्लाको पुरानो माध्यमिक विद्यालयमा पर्ने मानसरोवर नमुना मावि ६२औं वर्षमा प्रवेश गरेको छ। सो अवसरमा विद्यालयको वार्षिक उत्सव एवं अभिभावक दिवस मनाइएको छ।
लगातार वर्षा परे पनि विद्यालयको वार्षिक उत्सव मनाउने कार्य भएको छ। सो अवसरमा विद्यालयका प्रधानाध्यापक अमरबहादुुर शाहीले १८ करोडको वार्षिक आयव्यय कार्यक्रममा प्रस्तुत गरेका थिए।
कक्षा ६ देखि १२ सम्म अध्ययन हुने उक्त विद्यालयमा बाली विज्ञान र सिटिइभिटीतर्फको डिप्लोमा तहको इन्जिनियरिङ विषय पनि अध्ययन हुने गर्छ। कार्यक्रममा गत वर्ष सबै कक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको थियो।
त्यसैगरी महिला र पुरुष अभिभावकबीच तौल अनुमान गर्ने खेल पनि खेलिएको थियो।
विद्यालयको सदनस्तरीय नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुुख शिवराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, प्रमुुख जिल्ला अधिकारी सीता परियार, सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुुशिला रोकायालगायत सहभागी थिए।