जलवायु परिवर्तनका नाममा हामी सहायता लिन्छाैँ, ऋण लिँदैनाैँ: मन्त्री यादव

जलवायु परिवर्तनका नाममा हामी सहायता लिन्छाैँ, ऋण लिँदैनाैँ: मन्त्री यादव
+
-

काठमाडाैँ- वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनकाे नाममा ऋण नलिने स्षष्ट पारेका छन्।

काठमाडाैँमा बिहीबार भएकाे जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका एजेन्डाहरू बारे भएकाे छलफलमा मन्त्री यादवले आफ्नाे मन्त्रालयमार्फत् जलवायु परिवर्तनका नाममा ऋण नलिने बताएका हुन्।

‘जलवायु परिवर्तनमा हाम्राे भूमिका नगन्य छ र हामी जाेखिमकाे अग्रपंक्तिमा छाैँ’, मन्त्री यादवले भने, ‘हामी सहायता लिन्छाैँ ऋण लिँदैनाैँ।’

हालै अर्थ मन्त्रालयल‍े विश्व बैंकसँग एक सय मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ऋण सम्झाैता ‘हरित, उत्थानशीलता र समावेशी विकास’का नाममा गरेपछि चाैतर्फी आलाेचना भइरहेकाे छ।

यसै सन्दर्भमा मन्त्री यादवले आफ्नाे मन्त्रालयकाे धारणा, जलवायुका मुद्दामा ऋण नलिने रहेकाे बताए।

आउँदाे नाेभेम्बर पहिलाे हप्तामा इजिप्टमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कप-२७ हुँदैछ।

यसकाे तयारी मन्त्रालयले तीव्र गतिमा गरिहरेकाे र सबै पक्षकाे सुझाव तथा सल्लाह समेटिने मन्त्री यादवले बताए।

उनले जलवायु संकटकाल घोषणा गरेर विश्वको ध्यान तथा लगानी नेपालमा खिच्ने तयारीमा पनि लागेको बताए ।

 

 

यो पनि पढ्नुहोस्

विश्व बैंकसँग ‘जलवायु परिवर्तन’ लाई जोडेर सरकारले गरेको ऋण सम्झौता किन विवादित?

विश्व बैंकसँग ‘जलवायु परिवर्तन’ लाई जोडेर सरकारले गरेको ऋण सम्झौता किन विवादित?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?