‘क्र्यास डिटेक्सन फिचर’सहित आइफोन १४ सार्वजनिक

‘क्र्यास डिटेक्सन फिचर’सहित आइफोन १४ सार्वजनिक
+
-

काठमाडौँ – सर्वाधिक लाेकप्रिय अमेरिकी कम्पनी एप्पल ब्राण्डले नयाँ फाेन सार्वजनिक गरेकाे छ। एप्पलले हालै बजारमा चार मोडलका आइफोन १४ सिरिज सार्वजनिक गरेकाे हाे।

एप्पलका अनुसार साे फाेनमा आपतकालीन स्याटेलाइट कनेक्सन र कार दुर्घटना पहिचान गर्न सक्ने प्रविधिसमेत जडान गरिएकाे छ।

बुधबार कपर्टिनोस्थित मुख्यालयमा कम्पनीले फाेनसहित नयाँ फिचरसहितकाे एप्पल वाच र एयरपड पनि सार्वजनिक गरेको हाे।

आइफोन १४ र आइफोन १४ प्लस एप्पलले यस वर्ष आइफोन १४ लाई दुई फरक-फरक मोडलमा ल्याउने भएको छ। कम्पनीले आइफोन १४ र आइफोन १४ प्लस गरी दुई साइजका आइफोन १४ ल्याउन लागेको हो।

नयाँ फोनमा स्याटेलाइटको माध्यमबाट इमर्जेन्सी कल गर्न सकिन्छ। साथै स्याटेलाइटको माध्यमबाट डिभाइस कुन स्थानमा छ भन्ने पनि थाहा पाउन सकिन्छ।

आइफोन १४ फाइभजी फोन हो। यो कालो, निलो, स्टारलाइट, बैजनी र रातो गरी पाँच रङमा उपलब्ध हुनेछ।

यसको ब्याट्री पहिलेभन्दा राम्रो छ। यी दुवै फोनमा चिपसेट पनि पहिलेकै छ। कम्पनीले यसपाली आइफोनको मिनी संस्करण भने ल्याएको छैन।

यसमा १२ मेगापिक्सलका दुई क्यामरा छन्। आइफोन १४ र आइफोन १४ प्लसमा दुर्घटना भएको सूचना दिने क्र्यास डिटेक्सन फिचर छ। कम्पनीका अनुसार क्रयास डिटेक्सन फिचरले जुनसुकै गाडीमा पनि काम गर्छ। दुर्घटना भएको सूचनासँगै यसले आपतकालीन कल गर्ने संकेत दिन्छ।

आइफोन १४ को स्क्रिन आकार पहिलेकै जत्रो, ६.१ इन्चको छ। आइफोन १४ प्लसको भने ठूलो छ, ६.७ इन्चको छ।

आइफोन १४ प्लसमा अहिलेसम्मका सबै आइफोनको तुलनामा सबभन्दा राम्रो ब्याट्री भएको कम्पनीको दाबी छ। आइफोन १४ को मूल्य ७९९ डलर र आइफोन १४ प्लसको ८९९ डलर तोकिएको छ।

आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स आइफोन १४ प्रो र प्रो म्याक्समा आइफोन १४ मा भएका फिचरसँगै अरू धेरै नयाँ फिचर छन्। यसको डिस्प्ले सधैँ अन हुने गरी बनाइएको छ। नचलाउँदा पनि यो अफ हुँदैन।

तीनवटा क्यामेरा भएको यसमा अहिलेसम्मकै धेरै क्षमताको ४८ मेगापिक्सलको मुख्य क्यामेरा छ।

यो गाढा बैजनी, सिल्भर, गोल्ड र कालो गरी चार रङमा उपलब्ध छ। यसको चिपसेट आइफोन १४ र आईफोन १४ प्लसको भन्दा परिष्कृत छ। आइफोन १४ प्रोको स्क्रिन ६.१ इन्च छ भने प्रो म्याक्सको ६.७ इन्च छ। १४ प्रोको मूल्य ९९९ डलर र प्रो म्याक्सको मूल्य १०९९ डलर तोकिएको छ।

एप्पलले आइफोन १४ का साथै तीन मोडलको एप्पल वाच पनि सार्वजनिक गरेको छ। जसमा एप्पल वाच सिरिज ८, एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई रहेका छन्। एप्पलले नयाँ एप्पल वाचमा अत्याधुनिक फिचरहरु समावेश रहेको उल्लेख गरेको छ।

त्यस्तै, कम्पनीले केही सुविधाहरू थप गरेर नयाँ एयरपड पनि सार्वजनिक गरेको छ। जसमा आवाज थप स्पष्ट सुनिने, एप्पल वाचले नै चार्ज गर्न सकिने लगायतका फिचर थपिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष