
उबेलाका मै हुँ भन्ने फालेर डोजर चल्यो
तिनका मनमा बत्ति बालेर डोजर चल्यो।।
ठाँउ ठाँउ साला जेठान छँदै छन् नि भने
हात गोडा लुलापारि गालेर डोजर चल्यो।।
चलखेल बहुत होलान् नाकै सामु दोकान्
पाखुरा कुममा झण्डा हालेर डोजर चल्यो।।
नक्सापास खाममा जिब्रोको थियो आदेश
बर्को ओढी खाने मुख टालेर डोजर चल्यो।।
ढ्वाङ फुकि गर्जिन्छन् भाग पर्या घरका
गरेका कबुल आखिर पालेर डोजर चल्यो।।
दाना खान लटपटिएका कति थिए कति
कुनातिर पसेका घुन चालेर डोजर चल्यो।।
शक्तिमान आफै होनि कस्ले छुन्छ भन्थे
सेखी तुजुक निमेसमा ढालेर डोजर चल्यो।।