पहिलाकाे चुनावमा काठमाडौँका सबै घडेरी बेचेँ, अबको चुनावमा झापाको एउटा बेच्नुपर्छजस्तो छः बुढाथोकी

पहिलाकाे चुनावमा काठमाडौँका सबै घडेरी बेचेँ, अबको चुनावमा झापाको एउटा बेच्नुपर्छजस्तो छः बुढाथोकी
+
-

झापा-  झापाको क्षेत्र नम्बर २ का लागि नेपाली कांग्रेसले जित्ने उम्मेदवार नपाएपछि प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवार बन्न आफूलाई दबाब आएको पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले बताएका छन्।

उनी यसअघि दुई पटक झापाको क्षेत्र नं ४ मा निर्वाचन लडेका कांग्रेसका पुराना नेता हुन्। हक्की स्वभावका कांग्रेस नेता बुढाथोकी थलो क्षेत्र नं २ को शनिश्चरे भए पनि उनी झापाको क्षेत्र नं ४ मा चुनाव लडेका नेता हुन्।

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं ४ बाट बुढाथोकी निर्वाचित भएका थिए। २०७० सालमा त्यस क्षेत्रबाट उनी नै सांसद बने। त्यसपछि उनी मन्त्री पनि भए। २०७४ सालको निर्वाचनमा उनी कुनै पनि क्षेत्रबाट चुनाव लडेनन्। अहिले आएर झापाको क्षेत्र नं २ मा उनको चर्चा छ।

उनी भन्छन्, ‘कोही जित्ने युवा नेता आए मैले यो ठाउँ रोकेर राख्ने स्थितिमा छैन। कोही भएनन् भने मैले अरू पार्टीलाई मैदान खाली गर्न त मिल्दैन नि।’

यदि चुनाव आफैँले लड्नुपर्ने भए एउटा कुराले उनलाई पिरोल्न थालेको उनले बताए। यस अघिका दुईवटा चुनाव लड्दा काठमाडौँका सबै घडेरी सकिएको उनले पीडा सुनाए।

बुढाथोकीले भने, ‘दुईवटा चुनाव लड्दा काठमाडौँका घडेरी सकेँ। अबको चुनाव कसरी लड्ने भन्ने चिन्ता छ। भएन भने यहीँ अगाडिको एक कठ्ठा जमिन छ, त्यही बेच्नु पर्ला।’

२५ वर्षपछि आफ्नै ठाउँमा चुनाव लडेर जित्न पाए आफ्नै ठाउँको विकासका लागि आफूले मेहनत गर्ने मौका मिल्ने अवस्थाले गर्दा उनलाई यो पटक आफैँ लड्ने कि भन्ने पनि लागेको छ।

तर, चुनाव महँगो भइरहेका कारण उनलाई आर्थिक स्रोत कसरी जुटाउने भन्ने पनि पीर छ। उनले भने, ‘चुनाव लड्नु त छ तर मसँग पैसा छैन।’

पहिला आफूले गरेका कामले निरन्तरता नपाएको देखेर उनलाई चिन्ता पनि छ। बिरिङ र टाङटिङ खोलाले मानववस्ती बगाउँदा आफ्नै नेतृत्वमा बाँधेको बाँध बाहेक अन्य काम नभएको उनको गुनासो छ।

‘बिरिङमा मेरो नेतृत्वमा जति बाँध बाँधियो, त्यसपछि बाँधिएन। त्यसैले फेरि मै आउनुपर्छ कि भन्ने पनि लागेको छ’, बुढाथोकीले भने, ‘२५ वर्षपछि मेरो ठाउँमा आए पनि केही गर्छुजस्तो लाग्छ।’

आजसम्मको राजनीतिक यात्रामा पार्टीले आफ्ना लागि पर्याप्त दिएको तर आफ्नो आवश्यकता अझै रहेकाले आफू चुनाव लड्न तयार रहेको उनको भनाइ छ।

बुढाथोकीले भने, ‘पहिला त स्थानीयवासीको सुरक्षा पहिलो काम बनाउनुपर्छ। ज्यान रह्यो भने त अन्य कुरा त पछि गर्दा पनि हुन्छ। प्राकृतिक विपदबाट जोगाउन हरेको जनप्रतिनिधिको पहिलो दायित्व हुनुपर्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?