राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १० करोड ६४ लाखका योजना छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १० करोड ६४ लाखका योजना छनोट
+
-

सिमकोट – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट १० करोड ६४ लाख ५० हजार बजेटका योजना छनोट भएका छन्।
यी योजना कतिपय गाउँपालिकाले गरेका निर्णयअनुसार प्राथमिकतामा कम परेका योजना पनि छनोटमा परेको पाइएको हो।

कार्यक्रमले विद्यालयको भवन निर्माण र आईसिटी ल्याब स्थापना गर्न जिल्लाभरि छनोट भएका विद्यालयका लागि १० करोड ६४ लाख ५० हजार बजेट स्वीकृत भएको छ।

कार्यक्रमका लागि छनोटमा परेका विद्यालयमा तत्काल काम थालिने गाउँपालिकाले जनाएका छन्।

उक्त कार्यक्रमका लागि चालुु वर्षमा सम्पन्न गर्ने गरी जिल्लाका ३९ वटा विद्यालय छनोट भएका छन्। विद्यालयका लागि भौतिक संरचना निर्माण र आईसिटी ल्याब स्थापना गर्न तीन विद्यालय यस आर्थिक वर्षका लागि छनोट भएका हुन्। शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलक भट्टराईका अनुसार सातै गाउँपालिकाबाट सिफारिससहित पठाइएका विद्यालयमध्ये ३९ वटा विद्यालय कार्यक्रमका लागि छनोट भएका छन्।

जिल्लाबाट ९७ वटा विद्यालय सिफारिस गरिएका थिए। गाउँपालिकाका अनुसार नाम्खाका ६ वटा, सिमकोटका पाँच वटा, खार्पुनाथका पाँच वटा, सर्केगार्डमा चार वटा चंखेलीका सात वटा, अदानचुलीका ६ वटा र ताँजाकोट गाउँपालिकाका ६ वटा विद्यालय छनोट भएका हुन्। यसमा ५५ लाख बजेटमा चार कोठे भवन निर्माण गर्नुपर्ने विद्यालयको संख्या सात छ भने २७ लाख ५० हजारमा दुुईकोठे भवन निर्माण गर्न छनोट भएका विद्यालयको संख्या १८ छ।

त्यसैगरी साढे ६ लाखमा आईसिटी ल्याब स्थानपनका लागि १३ वटा विद्यालय छनोटमा परेका छन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष