
विष्णु तिवारी
असोज २२, २०७९

अ
+
अ
अ
-
दाउ पर्ला कि च्याँखे खाल हेर्न थाले
भागबण्डा कति पर्यो थाल हेर्न थाले।।
मही पार्ने नौनी खान तताए भने घिउ
आफूलाई थपियो कति दाल हेर्न थाले।।
स्वादे जिब्रो पड्काउन दल बदल ताँती
कस्ता कता अल्झिए जाल हेर्न थाले।।
उडायो कतातिर चिल भनौँ कि बाजले
फर्कि फर्कि आउँछ कि चाल हेर्न थाले।।
विदेशी खुब पिलाए घर आएन ‘बिष्णु’
डुब्यो भनि पत्ता लाउन ताल हेर्न थाले।।

